शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रधानमन्त्रीसँग विश्व बैंकका राष्ट्रिय निर्देशकको भेट

काठमाडौँ– विश्व बैंकका तर्फबाट नेपाल, मालदिभ्स र श्रीलंकका लागि राष्ट्रिय निर्देशक फारिस एच हदाद जर्भोसले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरेका छन् । 

भेटका क्रममा उनले विश्व बैंकले महामारी नियन्त्रण, खोपको सहज आपूर्ति, आर्थिक पुनरुत्थान र मानव पुँजी विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकको निरन्तर सहयोगका लागि धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।