बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम : धनुषामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तरगत धनुषाको विरेन्द्रबजारमा बसको ठक्करबाट मोटरसाइकल चालक मिथिला नगरपालिका ६ ढल्केवरका ३७ वर्षीय विवेक बस्नेतको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार विराटनगरबाट यात्रु लिएर काठमाडौतर्फ गइरहेको ना ५ ख ६१२३ नम्बरको यात्रुबाहक बसले ढल्केवरबाट गोदारतर्फ आइरहेको ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बस र चालक दुवैलाई नियन्त्रणमा लिई कारवाही प्रक्रियाअघि बढाइएको ईप्रका ढल्केवरले जनाएको छ । घटना पश्चात यात्रुहरू बिहानसम्म विरेन्द्रबजारमै अलपत्र परेका थिए । केहीलाई सोमबार राति र केहीलाई मंगलबार बिहान अर्को बसमा गन्तव्यमा पठाइएको थियो ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया