जापान सरकार अनुदानित बाँकी खोप भदौ ५ देखि ७ भित्र आइसक्ने

काठमाडौँ– जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको कोभिड–१९ विरुद्धको अष्ट्राजेनेका खोपको सबै हिस्सा भदौको ५ देखि ७ गतेभित्र नेपाल आउने भएको छ ।
काठमाडौँस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी आगामी शनिबारदेखि सोमबारसम्म जापान सरकारले कोभ्याक्समार्फत् नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख १४ हजार ७ सय ४० मात्रा खोप आइसक्ने बताएको छ । यसअघि साउनको २३ र २४ गते अघिल्लो खेपमा ५० प्रतिशत खोप ल्याइएको थियो ।
उक्त खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लिएर दोस्रो खोपको प्रतिक्षामा रहेका साथै ६५ वर्ष र सोभन्दा माथिको उमेर समूह तथा वैदेशिक रोजगारी, अध्ययन र अन्य कारणले विदेश जाने, मिर्गौला डायलाईसिस गर्नुपर्ने तथा अङ्ग प्रत्यारोपण गरेका र क्यान्सरका बिरामी गरि १४लाख व्यक्तिका लागि वितरण भैरहेको छ ।
जापानले कोभिड–१९ महामारी नियन्त्रणका लागि कोलिशन फर इपिडेमिक प्रिपियर्डनेस इनोभेसन्स (सेपि), गाभी– विश्वव्यापी खोप सहकार्य, संयुक्त राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनसँग काम गर्दै आएको छ ।
नेपालका लागि जापानी रावदूत किकुता युताकाले खोप अनुदान नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीक भएको बताएका छन् ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया