जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा

जनकपुरधाम : सम्झौता भएको ८ वर्षपछि जनकपुरधाम विमान स्थलको नयाँ टर्मिनल भवन संचालनमा आएको छ । नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई उद्घाटन गरेका हुन् ।
नवनिर्मित अत्याधुनिक टर्मिनल भवनबाट मंगलबारदेखि सेवा सञ्चालन भएको जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले बताए । नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यात्रुहरूले भोग्दै आएको समस्याहरू समाधान हुने गौतमले बताए । पुरानो टर्मिनल भवनमा ठाउँको अभावमा भिडभाड हुनेगरेको थियो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।
१८ करोड रुपैयाँ लागतमा डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी वि.संं. २०६९ सालमा तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले शिलान्यास गरेका थिए । तर निर्माण सम्पन्न हुँदासम्म ४२ करोड खर्च भएको बताइएको छ ।
सात सय यात्रु क्षमताको टर्मिनलमा सीसीटीभी, फायर अलार्म, सञ्चार सेवा, भीआईपी कक्ष र मातृ शिशु स्याहार कक्षसहितको व्यवस्था छ । यसका साथै ३५ जना सुरक्षाकर्मीहरुको लागि आवास गृह, ८० वटा कार र १५० वटा मोटरसाइकलको पार्किङकोसमेत व्यवस्था छ ।
जनकपुरधाममा ५ दशकदेखि नेपाल वायुसेवा निगम सेवा दिँदै आएको छ । १८ जना यात्रु बोक्ने जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिईँदै आएको थियो । जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीनवटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ ।

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

प्रतिक्रिया