बलात्कारको घटना मिलापत्र गराउने प्रहरी सहायक निरीक्षक बाेगटी निलम्बनमा

कैलाली - बालिका बलात्कारको घटनमा मिलापत्र गराएको आरोपमा गोदावरी नगरपालिका ६ मा रहेको अस्थायी प्रहरी पोष्ट बडेहाका इन्चार्ज सहायक निरीक्षक दिलबहादुर बोगटी निलम्बनमा परेका छन् ।
गोदावरी ८ फकलपुरकी एक बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना साढे तीन लाखमा मिलाइएको आरोप लागेपछि बडेहामा कार्यरत प्रहरी सहायक निरीक्षक बोगटीलाई निलम्बन गरिएको छानबिन समितीका संयोजक प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।
घटनाको छानबिनका लागि समिति गठन भएको र छानबिन प्रभावित नहोस भन्नका लागि बोगटीलाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।
सो घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाइएको आरोप लागेको थियो ।

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

चन्द्रपुरमा लागुऔषध नियन्त्रण अभियानः १० जनामाथि मुद्दा

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मा…

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

प्रतिक्रिया