अमिताभको नाति र शाहरुख र श्रीदेवीका छोरी लन्च गर्दै जोया अख्तर

मुम्बई : ‘गली ब्वाई’ निर्देशक जोया अख्तरले एक साथ तीन ‘स्टार किड’लाई डेब्यु गराउने भएकी छिन् । जोयाले अमिताभ बच्चनको नाति अगस्त्य नन्दा, शाहरुखको छोरी सुहाना खान र श्रीदेवीकी कान्छी छोरी खुशी कपुरलाई एक साथ फिल्म खेलाउन लागेकी हुन् ।
उनले आर्ची कमिक्समा आधारित रहेर बन्न लागेका सिरिजमा तीनै जनालाई खेलाउन लागेका हुन् । जोयाले बनाउन लागेको यो सिरिज नेटफ्लिक्समा आउनेछ ।
कलाकारका सन्तानले डेब्यु गर्दा सामान्यतया ठूला ब्यानरका फिचर फिल्मबाट डेब्यु गर्ने गरेका थिए । तर, पहिलो पल्ट उनीहरूले डिजिटल प्लेटफर्मबाट डेब्यु गर्न लागेका हुन् ।
सिरिजमा सुहाना र खुशीले बेट्टी र भेरोनिकाको भूमिका निर्वाह गर्ने चर्चा छ । तर, जोया स्वयंले यसबारे केही बोलेकी छैनन् । तीनैजनाले अहिले धमाधम तयारी थालेको पिंकभिल्लाले समाचार लेखेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया