सहकारीको सेवा शुल्कमा 'क्याप', १ प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने

काठमाडौं : सहकारी संस्थाहरूले ऋणको ब्याजबाहेक १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी संस्थाहरुले सदस्यलाई प्रवाह गर्ने कर्जामा नियमानुसार सम्झौता बमोजिमको ब्याज रकम बाहेक अतिरिक्त शुल्क लिन नपाउने सहकारी विभागले जानकारी दिएको छ ।
तर कर्जा प्रवाह गर्दा संस्थाको अतिरिक्त खर्च पर्ने अवस्था भई अतिरिक्त शुल्क नलिई नहुने भएमा शुल्क लिन पाउनेछ । ब्याज बाहेक त्यस्तो शुल्कमा अधिकतम १ प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने विभागले जानकारी दिएको छ ।
सहकारीले समूह सिर्जना गरी सामुहिक जमानीमा (लघुवित्त) कर्जा लगानी गरेको हकमा ब्याज बाहेक १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने विभागले जानकारी दिएको छ ।
राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि., नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र राषि्ट्रय सहकारी बैंकका प्रतिनिधिहरु सम्मिलित बैठकको सुझावमा विभागले यस्तो निर्णय गरेको हो । यो व्यवस्था माघ १ बाट लागू हुने उल्लेख छ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Ja6vjThMep_jgjfl0ljkojkjjw8lztuvu4fvb3gkhrmwpw77p4kxjmn0qc17leodvnk3e87.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया