मलामी गएको लुगा लिलामीमा राखेपछि दीपिकाको आलोचना

मुम्बई : दीपिका पादुकोनले सन् २००५ मा ‘ओम शान्ति ओम’बाट डेब्यु गरेयता फिल्ममा असफल हुनु परेको छैन । एकपछि अर्को फिल्मबाट उचाइ छोएकी छिन् । तर, जतिबेला उनी भटाभट हिट फिल्म दिइरहेकी थिइन् त्यहीबेला दीपिका डिप्रेसनको पनि रोगी बनिन् ।
सन् १०१५ मा दीपिका यो रोगबाट धेरथोर मुक्त भइन् । त्यसपछि उनले आफू जस्तै थाहै नपाई मानसिक बिरामी हुने मान्छेका लागि काम गर्ने भन्दै ‘दि लिभ लभ लाफ फाउन्डेसन’ खोलिन् । दीपिकाले यसको खर्च जुटाउन बेलाबेलामा लिलामी गर्ने गरेकी छिन् ।
यसका लागि कहिले के बेच्न राख्छिन् त कहिले के ? कहिलेकाहीँ चाहिँ आफैंले प्रयोग गरेको लुगा पनि लिलामीमा राख्ने गरेकी छिन् । तर यो पालि राखेको लुगाले भने दीपिकाको सातो खाएको छ । लिलामीमा आफ्ना सामान राख्ने क्रममा उनले मलामी गएका लुगा पनि राखेपछि धेरैले उनको आलोचना गरेका हुन् ।
दीपिकाले यो पटक राखेको लिलामीमा दुई जोर लुगा यस्ता परेछन् जुन उनले मलामी जाँदा लगाएकी थिइन् । यसमा एउटा लुगा आत्महत्या गरेकी जिया खानको मलामी जाँदा लगाएको लुगा परेछ भने अर्को प्रियंका कार्कीको बुबा बितेको समयको । दुवै समयमा उनले सेता लुगा लगाएकी थिइन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया