मोरङमा शिक्षकको गोली हानी हत्या

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका १ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मंगलबार बिहान ७ बजेतिर ४/५ जनाको समूहमा आएको एक टोलीले ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण गरी लगेका थिए ।
घरबाट करीव १ किलोमिटर टाढा जङगलमा लगेर उनलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । घटना स्थल दुर्गममा रहेकाले अहिलेसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् । अब एक ढेड घण्टामा प्रहरीको टोलीे घटनास्थल पुग्ने एसपी खड्काले बताए । हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको आशंंका गरिए पनि प्रहरीले भने अपराधिक समूहको काम भनेको छ ।
राजेन्द्रको हत्या भएको जानकारी उनका भतिज महेशले प्रहरीलाई गराएका थिए । मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको गतिविधि बढेको भन्दै सुरक्षाकर्मीले केही समयदेखि सतर्कता बढाएको थियोे । केही दिनअघि प्रहरीले मिक्लाजुङबाट विप्लव समूहका दुईजना नेतालाई पक्राउ गरेको थियो ।

बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो

बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

ढकमक्क ‘सोना गुलाबी’
गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार

सीप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख गोमा

प्रतिक्रिया