मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

काठमाडौँ - हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशमा आंशिकदेखि र सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षा हुनसक्ने हाशाखाको पूर्वानुमान छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया