बुटवलबाट कस्तुरीको विणासहित ३ जना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले कस्तुरीको विणासहित ३ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको देवदह १० भलुहीबाट १ थान कस्तुरीको विणा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कस्तुरीको प्रतिबन्धित विणाको कारोबार भइरहेको सूचनाका आधारमा देवदह नगरपालिका १० स्थित स्थानीय टेक बहादुर विकको घरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त विणाको तौल ६१.४० ग्राममा रहेको छ ।
पक्राउ पर्नेहरुमा अर्घाखाची छत्रदेव २ का सुकुरदिन मिया, बागलुङ नगरपालिका ६ का रमेश विक तथा रुपन्देहीको बुटवल उपमहानगर ११ का दिपक विक रहेका छन् । फक्राउ परेको ३ जना र बरामद भएको विणा थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोख्रेलले जानकारी दिए ।
रुपन्देही प्रहरीले आइतबार मात्र बुटवल उपमहानगर ८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैडाको खाग बरामद गरेको थियो । पक्राउ गर्ने क्रममा प्रहरीको पेस्तोल खोसाखोस गर्ने क्रममा एकजना खाग तस्कर गम्भीर घाइते समेत भएका थिए । उनीहरूको पनि वन कार्यालयमार्फत नै अनुसन्धान भैरहेको छ ।
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_CQJ5grqaFY_bm99wsw03f85sufhlrdagogci8r6mv32mlxf9i3irqbltgn4fkgkq32ldp9m.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_kNydRdwDoA_lpn4rraz1qcz4dpf5isvuqitqmwllu863i18umsl3hg4nhysod9zw558ny9w.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया