कसैको दबाबले हैन, पार्टी एकता जोगाउन राजीनामा दिएको हुँ : मुख्यमन्त्री पौडेल

हेटौंडा- बामगती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले कसैको दबाब र प्रेसरमा दलको नेताबाट राजीनामा नदिएको बताएका छन् । नेकपा एमाले पार्टी फुट्ने समयमा प्रदेशबाट सकारात्मक सन्देश दिन खोजेको उनको भनाइ छ ।
नेकपा एमालेलाई राष्ट्रिय रुपमा एकताबद्ध बनाउन सहयोग पुर्याउने हेतुले अष्टलक्ष्मी शाक्यलाई दलको नेत चयन गरेको पौडेलको दाबी छ । यो सन्देशले माथिल्लो तहका नेताहरुलाई पनि एकताबद्ध हुन दबाब पर्ने उनको भनाइ छ । प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुने अवस्था कुनै पनि नरहेको भन्दै यो कार्यकालमा अन्य प्रदेशभन्दा बागमती प्रदेशमा बढी काम भएको उनी बताउँछन् ।
उनले मुख्यमन्त्रीबाट राजीनामा दिने संकेत गर्दै बाँकी कार्यकाल पनि एमालेकै सरकार हुने बताए । सरकारमा नभए पनि सरकारलाई पूर्ण साथ सहयोग गर्ने अठोटका साथ दलको नेताबाट आज राजीनामा दिएको उनकाे भनाइ छ । पौडेलले आजै नभए भोलिसम्म मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने निश्चित भइसकेको छ ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया