५० लाख नेपाली बहुआयमिक गरिबीको रेखामुनि

काठमाडौँ– बहुआयमिक गरिबी सम्बन्धी आज सार्वजनिक एक प्रतिवेदनले ५० लाख नेपाली बहुआयमिक गरिबीको रेखामुनि रहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०१९ मा सम्पन्न गरेको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे’ अनुसार १७.४ प्रतिशत नेपाली बहुआयमिक गरीबीको रेखामुनि रहेको देखिएको हो ।
बहुआयमिक गरिबी स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन वर्गका १० सूचकका आधारमा मापन गरिन्छ र तीनै वर्गलाई बराबरी वेटेज दिइएको हुन्छ । यसअघि पहिलोपटक सन् २०१४ मा नेपालको बहुआयमिक गरिबी मापन गरिएको थियो । त्यतिबेला ३०.१ प्रतिशत नेपाली बहुआयमिक गरिबीको रेखामुनि थिए । अहिले सार्वजनिक गरिएको प्रतिवेदन सन् २०१९ को सर्वेक्षण अनुसार तयार पारिएकोले यसमा कोभिड–१९को असर समावेश नभएको केन्द्रीय तथ्यांक विभागका नेबिनलाल श्रेष्ठले बताए ।
खासगरी आवास, खाना पकाउने इन्धन र कति वर्ष विद्यालयमा अध्ययन ग¥यो भन्ने आधारमा नेपालको अवस्था अझै कमजोर रहेको छ । गरिबमध्ये उमेर समूह वर्गीकरण हेर्दा २८ प्रतिशत बालबालिका र ५१ प्रतिशत वयस्क रहेका छन् । सबैभन्दा बढी गरिबी कर्णालीमा ३९.५ प्रतिशत र सदूर पश्चिममा २५.३ प्रतिशत गरिब छन् । यद्यपि जनसंख्याको आधारमा सबैभन्दा बढी गरिबी प्रदेश २ मा रहेको छ, जहाँ १२ लाख ९६ हजार जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया