फेरि पहिरो गएपछि नवलपुर-चौतारा सडक बन्द
सिन्धुपाल्चोक - साउन २९ गते रातिको अविरल वर्षाका कारण पहिरो गई नवलपुर–चौतारा सडक बन्द भएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को बेंशीमाथिको पहरो भएको ठाउँमा पहिरो गई सडक बन्द हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिएका छन् । सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपांग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको पनि उनले बताए ।
सडक कुना भागबाट फराकिलो बनाउन पनि पहरो भएकाले तत्काल कटान गर्न नसकिने इन्द्रावती–२ का वडाध्यक्ष वीरबहादुर तामाङले बताए । आइतबार प्राविधिक आएर हेरेपछि तत्काल बाटो खुलाउन लागिपर्ने वडाध्यक्ष तामाङले जानकारी दिएका छन् ।
ज्यामिरे, शिखरपुर, नवलपुर, बाँडेगाउँ तथा कुन्चोकवासीलाई सदरमुकाम चौतारा तथा राजधानी काठमाडौं जाने सडक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
हाल दुई वटा यात्रुवाहक गाडीका साथै मालवाहक ढुवानीका साधन चलिरहेको सडक अवरुद्ध हुँदा खाद्य सामग्री ढुवानीमा पनि समस्या हुने देखिएकाले तत्काल बाटो खुलाउनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया