गेटा कलेज सञ्चालन गर्न सरोकारवालाको दबाब
कैलाली - प्रस्तावित निर्माणधिन गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको भन्दै कैलालीका सरोकारवाला, राजनीतिक दल तथा नागरिक समाजका अगुवाले कलेज सञ्चालन गर्न केन्द्र सरकारसमक्ष एक जुट भएर दबाब गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार कैलाली उद्योग वाणिज्य संघले आयोजमा गरेको सर्वदलीय, सर्वपक्षीय छलफलमा सहभागीहरुले प्रस्तावित मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन एकजुट भएर केन्द्रलाई दबाब दिने सहमति गरेका हुन्।
प्रस्तावित मेडिकल कलेज अन्तर्गत भौतिक संरचना निर्माण कार्य सम्पन्न भएपनि कलेज सञ्चालनमा राज्यले ध्यान नदिएको भन्दै सबैले केन्द्रलाई दबाब दिनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन्।
प्रस्तावित गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले भौतिक संरचना निर्माणको काम सम्मन्न भएको बताए। उनले भवनबाट निस्कने पानीको व्यवस्थापन र बत्ती जडान कार्यमात्रै हुन बाँकी रहेको बताए।
भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि कसरी सञ्चालन गर्ने भन्ने अन्योल कायमै रहेको बताउदै अध्यक्ष पन्तले सबैमिली राज्यलाई दबाब दिनु आवश्यक रहेको बताए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्य र प्रदेशका मन्त्रीलाई कलेजको अवधारणबारे विज्ञ टोली गठन गरी प्रष्ट पार्न आग्रह गरे । उनले सबैभन्दा पहिला यसलाई कलेज बनाउने वा प्रतिष्ठान बनाउने अथवा यूनिभर्सिटी बनाउने भन्ने प्रष्ट हुन आवश्यक रहेको बताए ।
यस्तै सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंहले सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रमा निकै पछाडि रहेको बताउँदै प्रस्तावित मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडि बढाउनु आवश्यक रहेको औल्याए । रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_4gh6vlWnyZ_efvf4jxqlykqlee2y8fudscpzua8rbezqey5fqwpu3zknvprauhs9qfdq0vw.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया