संकटमा किन खुम्चियो संसदको सक्रियता ?

काठमाडौं : सन्दर्भ ०७७ असार महिनाको हो । सरकारले प्रतिनिधिसभामा चालु छैठौँ अधिवेशनको घाँटी निमोठ्यो । कोभिड-१९ महामारी नेपाल भित्रिसकेको हुँदा संकट उपाय खोज्न जनप्रतिनिधिको सक्रियता आवश्यक थियो । प्रधानमन्त्री केपी ओलीले असार १८ मा मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएका थिए । यसअघि उनले शीतलनिवासमा राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे । सत्तारुढ पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको अवस्था थियो त्यो । प्रधानमन्त्रीले केही न केही त गर्दैछन् ! मानिसहरुको मनमा आशंका उब्जिनु अस्वभाविक थिएन ।
जब मन्त्रिपरिषद्को निर्णय बाहिर आयो, मुलुकको राजनीतिक घटनाक्रमलाई नियालिरहेका मानिसहरुले लामो सास फेरे । उनीहरुको नजरमा प्रधानमन्त्री ओलीले कुनै ठूलै राजनीतिक कदम चालेका थिएनन् । संसद अधिवेशनमात्र अन्त्य गरेका थिए । जतिबेला जतिबेला मुलुकलाई संसदको एकदमै जरुरत थियो । व्यक्ति-व्यक्तिबीच शारीरिक दूरी घटाउनुपर्ने परिस्थिति थियो त्यो । त्यसैले कसैलाई प्रधानमन्त्रीको कदम सही लाग्यो होला । तर, दूरीकै कारण संसद अधिवेशन अन्त्य गरिएको थिएन । त्यो संसदको भूमिका सुम्च्याउने प्रपञ्च थियो । संसदको चालु अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले प्रस्टीकरण दिए, संसदमा बिजनेस छैनन् । संसदमा बिजनेस छन् कि छैनन् भनी ओलीले सभामुख अग्निप्रसाद सापकोटासँग कुनै छलफल गरेनन् । मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णयपछि मात्र सापकोटाले यसबारे थाहा पाए । प्रधानमन्त्रीले आफूलाई थाहै नदिई चालु अधिवेशन अन्त्य गरेपछि सभामुख सापकोटाले आफू निकट नेता र पत्रकारसँग गुनासो मात्र पोख्दै हिँडे । अरु केही गर्न सकेनन् ।
यहाँसम्म आइपुग्दा प्रस्ट हुन्छ प्रधानमन्त्रीलाई ‘संसदको सक्रियता’ नै मन परेको थएन । अर्कातिर भ्रष्टाचार निवारण, नागरिकता र संघीय निजामती सेवा जस्ता महत्वपूर्ण विधेयक संसदमा थिए । जसलाई चाँडोभन्दा चाँडो टुंग्याउनुपर्ने थियो । विधेयक त विधेयक नै भइगए । यिनमा अनेक राजनीतिक असहमति होलान्, झमेला होलान् । तर, के संसदमा छलफलका लागि अरु विषय थिएनन् ? प्रशस्त थिए ।
‘ती प्रश्न, हाम्रा प्रश्न थिएनन्, ती सबै जनताका प्रश्न थिए । तर सरकारले न प्रश्नको जवाफ दिन चाह्यो त जनताका समस्या बुझ्न चाह्यो, त्यसैले पनि संसद अधिवेशन बन्द गरिएको हो ।'
२६ वैशाखदेखि असार १८ सम्म चलेको छैठौँ संसद अधिवेशनमा दुईवटा सार्वजनिक महत्वको प्रस्ताव, दुईवटा ध्यानाकर्षण प्रस्ताव र नौवटा संकल्प प्रस्तावमाथि दर्ता भएका थिए । छलफलका लागि प्रस्तावित विषयमध्ये अधिकांश त्यो समय देखिएका गम्भीर समस्या थिए । जसमाथि जनप्रतिनिधिहरुले छलफल गर्न अत्यावश्यक थियो । कोभिड-१९ महामारी नियन्त्रण, जातीय भेदभाव र छुवाछुत, सलह प्रकोप तथा नियन्त्रण लगायतका विषय प्रस्तावमध्येका केही उदाहरण हुन् । जसमाथि प्रतिनिधिसभाले छलफल चलाउनुपर्ने थियो । तर, प्रस्तावअघि नबढ्दै संसद अधिवेशनको अन्त्य गरियो ।
संसदले मागिरहेको जवाफ दिन नसकेपछि सरकारले संसद अधिवेशन अन्त्य गरेको सांसद डा. डिला संग्रौला बताउँछिन् । उक्त अधिवेशनमा डा. संग्रौला संलग्न ४ वटा छलफल प्रस्ताव दर्ता भएका थिए । विदेशमा रहेका नेपालीको उद्दार र कोभिड-१९ रोकथाम, महिला हिंसा रोकथामछलफल प्रस्ताव दर्ता गर्दा उनी संलग्न थिइन् । तर, यी विषयमा छलफल हुनै सकेन ।‘ती प्रश्न, हाम्रा प्रश्न थिएनन्, ती सबै जनताका प्रश्न थिए । तर सरकारले न प्रश्नको जवाफ दिन चाह्यो त जनताका समस्या बुझ्न चाह्यो, त्यसैले पनि संसद अधिवेशन बन्द गरिएको हो’, डा.संग्रौला भन्छिन्, ‘संसद चलेपछि त प्रश्नहरु उठ्ने भए, प्रश्न उठेपछि जवाफ दिनुपर्यो त्यही जवाफ दिनुपर्छ भन्दै सरकारले संसद अधिवेशन अन्त्य गरेको हो । अधिवेशन अन्त्य भएको बिजनेश नभएर होइन प्रश्न धेरै भएर हो ।’
सरकारका नियमित काम कारवाहीको निगरानी राख्ने र यही आधारमा आवश्यक निर्देशन तथा सुझाव दिने संसदको मुख्य काम हो । तर, वाचडगको भूमिकामा रहेको यो संस्था निस्क्रिय छ । पछिल्लो समय विश्वलाई कोभिड-१९ भाइरसको संकटले आक्रान्त पारेको छ । जसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यो स्वास्थ्य संकटका कारण मुलुकमा अनेक समस्या देखापरेका छन् । यसबाट आममानिस आहात छन् । संकटमा आम नागरिकका समस्याप्रति सरकार कति गम्भीर छ ? यो प्रश्नको जवाफ संसदले खोज्नुपर्ने थियो, अहिले संसद प्रश्न गर्ने अवस्थामा देखिदैन ।
संसद सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङ यो अथवा त्यो कारण देखाएर संसद निस्क्रिय बनाउन नहुने बताउँछन् । उनका अनुसार, संसद र अदालत जस्ता संस्थाहरु संकटमा निस्क्रिय होइन, झनै सक्रिय हुनुपर्छ । ‘पहिलो त यो कोभिड-१९ भाइरसको महामारीमा सरकार गम्भीर देखिएन । यदि देखिएको भए, जुन अवस्था छ त्यो अवस्था सिर्जना हुने थिएन । सुरुमा जुन किमिमले संसद अधिवेशन अन्त्य गरियो त्यो नै ठीक तरिका थिएन’, गुरुङ भन्छन्, ‘राजनीतिक दलहरु जनता समस्या सुन्ने अवस्थामा छैनन् । सत्तापक्ष दल वा प्रतिपक्ष दल दुबै आन्तिरिक किचलोमा फसेका छन् । यस्तो बेला संसदले जनताका कुरा सन्नुपर्थ्यो तर खोइ ?'
अर्कोतर्फ सभामुख सापकोटाका निकटस्थ व्यक्ति प्रश्न गर्छन्, ‘सबैजसो नेताहरु संक्रमित भइरहेको यो अवस्थामा संसद चलेको भए के हुन्थ्यो ? के साँच्चिकै संसदले आफ्नो काम गर्न सक्थ्यो ?’ तिनका यसखाले प्रश्नमा संसद सचिवालयमा लामो समय नेतृत्व गरेका गुरुङ भन्छन्, ‘इच्छाशक्ति भए सकिन्थ्यो ।’ कोभिड-१९को खतरा मच्चिरहेकै बेला बेला संसदको काम कारबाही नरोकेको बेलायती संसदको उदाहरण पेश गर्छन् उनी । पूर्वमहासचिव गुरुङका अनुसार, बेलायतले कोभिड-१९ संकट तत्काल नरोकिने अवस्था देखेपछि आफ्नो संसद नियमावली परिवर्तन गर्यो । उक्त संशोधन अनुसार बेलायतले अहिले ५० जनाभन्दा बढी सांसद नबस्ने गरी भर्चुअल बैठक राख्ने र त्यहीँबाटै संसदको सबै काम सम्पादन गरिरहेको छ । 'भर्चुअल' सक्रियता !
संविधानको धारा ९७ बमोजिम गठन हुन्छन्, संसदीय समितिहरु । जसलाई ‘मिनि पार्लियामेन्ट’ भनिन्छ । सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनु संसदीय समितिका समिति दायित्व हुन् । पछिल्लो समय संसदीय समितिको काम मन्त्री बोलाउने, भाषण सुन्ने र फिर्ता पठाउने काम मात्र भइरहेको संसदीय समितिका पूर्वसचिव सुदर्शन कुँइकेल बताउँछन् । उनका अनुसार, संसदीय समितिका सभापतिहरु भन्दा मन्त्री सिनियर हुने भएकाले यो समस्या देखा परेको हो । ‘सरकार बलियो छ । यस्तो बेला समितिहरुको वाचडग भूमिका बढ्नुपर्ने थियो । तर त्यसो देखिएन, सभापतिहरु मन्त्रीमाथि कडाइका साथ प्रस्तुत हुन नसकिरहेको अवस्था छ’, कुँइकेल भन्छन्,‘ पहिले पहिले मन्त्रीलाई समितिमा बोलाएर र्याखर्याख्ती पार्नुपर्छ भन्ने चलन थियो । तर पछिल्लो काखलण्डमा सभापति कडा हुन नसकेका कारण समितिहरुमा मन्त्री नै हाबी भएको देखिन्छ ।’ संसदीय समितिका पूर्वसचिव कुँइलेलले त सामान्य अवस्थामा संसदीय समितिको अवस्थाबारे प्रकाश पारे । तर, कोभिड-१९ नामक संकट भित्रिएपछि संसदीय समितिहरुको अवस्था कस्तो छ त ? अवस्था पहिलेको भन्दा बिग्रिएको उनी देख्छन् ।
छलफलपछि सरकारलाई ५ बुँदे विभिन्न सुझावसमेत दिएको थियो । उल्लेखित दृष्टान्त सुरुवाती समयका मात्र हुन । त्यसपछि अर्चुअल सक्रियता निकै बढ्यो । तर, यसलाई नियमावली व्यवस्थित गर्ने मामलामा सम्बन्धित निकायको भूमिका कमजोर देखिन्छ ।
संसदको अधिवेशनलाई त सरकारले निमोठिसकेपछि संसदीय समितिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने थियो । तर, त्यसो भएन । स्वास्थ्य संकटको अवस्थाबाट गुज्रिरहेका बेला यही क्षेत्र हेर्ने शिक्षा र स्वास्थ्य समिति भने निस्क्रिय थियो । यो समितिले असार १६ गतेपछि करिब दुई महिना कुनै पनि छलफल चलाउन सकेन । प्रतिनिधिसभा नियमावलीको नियम १७० बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिको प्रमुख कार्यक्षेत्रभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पर्छन् । यही बेला शैक्षिक शत्र, स्वास्थ्य मन्त्रालयको अनियमितता जस्ता विषय सहतमा थिए ।
तर, सम्बन्धित समिति निस्क्रिय रहेका कारण संसदको तर्फबाट सरकारलाई दिने निर्देशन, राय सल्लाह, कामकारवाही अध्ययन अनुगमन गर्ने, सचेत पार्ने, ध्यानाकर्षण गराउने काम छुट्न पुगे । अर्कोतर्फ सक्रिय भनिएका अधिकांश संसदीय समितिहरुले भर्चुअल छलफललाई प्रथामिकतामा राखेका छन् । तर, भर्चुअल माध्यमबाट संसदीय समितिको छलफल चलाउने व्यवस्था नियमावलीमा छैन । जसको अर्थ हुन्छ, भर्चुअल माध्यमबाट जति पनि संसदीय निर्णयहरु हुन्छन् तिनको कुनै कानुनी मान्यता छैन । बैशाख २ मा शिक्षा तथा स्वास्थ्य समितिले भर्चअल माध्यमबाट छलफल गरेर छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री नेपाल ल्याएर स्थानीय तहसम्म पुर्याउन सरकारलाई निर्देशन दिएको थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिले पनि भर्चुअल माध्यमबाट छलफल गरेर बैशाख ७ गते सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गरी कोरोना भाइरसको महामारीविरुद्धको अभियानमा क्रियाशील बनाउन सरकारलाई सुझाव दिएको थियो । समितिकी सभापति शशी श्रेष्ठले टेलिफोन, इमेल र भाइबर, म्यासेन्जर आदिको माध्यमबाट समिति सदस्यहरुसँग सुझाव संकलन गरेकी थिइन् ।
त्यस्तै बैशाख ६ गते कानून, न्याय तथा मानव अधिकार समितिले पनि सदस्यहरुसँग भर्चुअल छलफल गरेको थियो । छलफलपछि सरकारलाई ५ बुँदे विभिन्न सुझावसमेत दिएको थियो । उल्लेखित दृष्टान्त सुरुवाती समयका मात्र हुन । त्यसपछि अर्चुअल सक्रियता निकै बढ्यो । तर, यसलाई नियमावली व्यवस्थित गर्ने मामलामा सम्बन्धित निकायको भूमिका कमजोर देखिन्छ । ‘भर्चअल’ बैठकका विषय संसद सचिवालयले अध्ययनसमेत गरिसकेको छ । भर्चुअल बैठकलाई वैधता दिएर अघि बढ्नुपर्ने उक्त अध्ययनको निष्कर्ष थियो । तर, पछिल्लो समय यो प्रतिवेदन यतिकै थन्किएको छ ।

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

माओवादी सांसद पौडेलले गरे गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग

संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइयोः अध्यक्ष प्रचण्ड

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्र…

प्रभु साहको प्रश्न: तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भ…

प्रतिक्रिया