३२०० अंक नजिक पुग्यो नेप्से, नौ कम्पनीको भाउ आकासियो

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ३८.२८ अंकले बढेर ऐतिहासिक उचाइमा पुगेको छ । ३२०० अंकलाई दुई अंक अपुग भएर नेप्से कारोबार बन्द भएको छ । १.२१ प्रतिशतले बढेर नेप्से परिसूचक ३२९८.६० बिन्दुमा पुगेको हो ।
ट्रेडिङ र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक बलिया छन् । विकास बैंक समूहको परिसूचक पाँच दशमलव ५५ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक चार दशमलव ८७ प्रतिशतले बढेको छ ।
नौ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । २१ अर्ब ३१ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । एक लाख ८८ हजार चार सय ५४ पटकको किनबेचमा तीन करोड ६५ लाख कित्ता सेयर कारोबार भएको छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया