साफ च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने

काठमाडौँ: साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्ससँग भिड्ने भएका छन् । अक्टोबर १ बाट सुरु हुने प्रतियोगिताको पहिलो दिन नै श्रीलंका र बंगलादेशले पनि आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
माल्दिभ्सको राजधानी मालेमा हुने प्रतियोगितामा दक्षिण एसियाली फुटबल महासंघ (साफ)सँग आबद्ध टिममध्ये भुटान र पाकिस्तान अनुपस्थिती रहनेछन् ।
लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । अक्टोबर ३ मा श्रीलंकासँग भिडेपछि तेस्रो खेलमा नेपालको भेट भारतसँग हुनेछ । अक्टोबर १० मा नेपालले बंगलादेशविरुद्ध खेल्नेछ ।
लिग चरण समाप्तिसँगै अंक तालिकामा शीर्ष दुईमा रहने टिम दक्षिण एसियाली फुटबलको सर्वोच्च उपाधिका लागि भिड्नेछन् । सो फाइनल खेल मालेको राष्ट्रिय रंगशालामा हुनेछ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम हाल पोखरामा छ । बन्द प्रशिक्षणमा रहेको टिममा हाल २८ जना खेलाडी छन् ।
खेल तालिकाः
अक्टोबर १ः
नेपालविरुद्ध माल्दिभ्स
श्रीलंकाविरुद्ध बंगलादेश
अक्टोबर ३ः
बंगलादेशविरुद्ध भारत
श्रीलंकाविरुद्ध नेपाल
अक्टोबर ६ः
भारतविरुद्ध श्रीलंका
माल्दिभ्सविरुद्ध बंगलादेश
अक्टोबर ८ः
माल्दिभ्सविरुद्ध श्रीलंका
नेपालविरुद्ध भारत
अक्टोबर ११ः
बंगलादेशविरुद्ध नेपाल
भारतविरुद्ध माल्दिभ्स
अक्टोबर १३ः फाइनल

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया