धनुषामा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धनुषामा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘माँ दुर्गा अटोमोबाइल्स’ को उद्घाटन गरेको छ ।
मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम सञ्चालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन माँ दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निमर्ला कुमारी ज्यूलाई डिलरसीप प्रदान गरिएको छ ।
नयाँ शोरुम उद्घाटन गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी धनुषामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । धनुषामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’
शोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OjDylLi31u_2sknbyrfduwkaytmhrxwzkvwnivqblrkyyp3llhm6udnlxwwctnixv6k7qir.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया