भारतबाट आउने नेपालीको संख्या बढेपछि गौरीफन्टा नाकाको निरीक्षण

धनगढी - सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् ।
मन्त्री खड्काले नाकामा भारतबाट आउने नेपालीका लागि निर्माण गरिएको होल्डिङ सेन्टर र स्वास्थ्य परीक्षण केन्द्रको निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै उनले तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिन नदिन होल्डिङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने बताए ।
भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि दोहोरो होल्डिङ सेन्टरको व्यवस्था गरिने बताउँदै स्वास्थ्य परीक्षण विना कसैलाई पनि नेपाल भित्रिन नदिन सुरक्षा निकायलाई निर्देशन दिए । उनले भारतबाट फर्किने सबै नेपालीको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन सुरक्षा निकाय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया