‘सुपर डान्सर’को सेटमा फर्किइन् शिल्पा सेठ्ठी

मुम्बई : श्रीमान् राज कुन्द्रा एपमार्फत पोर्न फिल्मको कारोबार गरेको आरोपमा जेल गएपछि शिल्पा सेठ्ठी ‘सुपर डान्सर ४’को सेटबाट अलग भएकी थिइन् । राज कुन्द्राको काण्ड बाहिरिनु अघि शिल्पा बच्चाबच्चीको नृत्य प्रतियोगिताको तीनमध्ये एक निर्णायक थिइन् ।
तर राजको अपराधलाई लिएर नकारात्मक चर्चा भएपछि शिल्पाले यो प्रतियोगिताको सुटिङबाट छुट्टी लिने निर्णय गरेकी थिइन् । तर उनले तीन हप्तापछि सेट फर्कने निर्णय गरेको भारतीय अखबार दैनिक भास्करको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
खबरअनुसार शिल्पा तीन हप्तापछि मंगलबार नयाँ एपिसोडको सुटिङमा पुरानै जिम्मेवारीमा फर्किएकी छिन् । उनले निर्देशक अनुराग बसु र कोरियोग्राफर गीता कपुरसँगै सुटिङ गरेको भास्करले लेखेको छ ।
शिल्पा विवादमा फसेपछि उनलाई अरु कुनै सेलिब्रेटीले प्रतिस्पान गर्ने चर्चा चलेको थियो । यो बीचमा करिष्मा कपुर र रितेश देशमुख र जेनेलिया डिसुजा सोमा देखिएका पनि थिए । तर उनीहरू अतिथि निर्णायकको रुपमा मात्र सोमा आएको बताइएको छ । विवाद मत्थर भएपछि शिल्पाले सेट ज्वाइन गरेको र फाइनलसम्मै सोही भूमिकामा रहने सोले जनाएको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया