महिला एसियन कप छनौटः असोज २ मा नेपालले फिलिपिन्ससँग खेल्ने

काठमाडौँ- नेपालको राष्ट्रिय महिला फुटबल टिमले २०२२ महिला एसिया कपको छनौट खेल्दैछ । उज्वेकिस्तानको तास्केन्टमा हुने छनौटमा नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ । एसियन फुटबल महासंघ (एएफसी) ले छनौट तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ मा खेल्नेछ । त्यसको तीन दिनपछि नेपालको भेट हङकङसँग हुनेछ । दुवै खेल तास्केन्टको जेएआर रंगशालमा हुनेछन् । समूहको अन्तिम खेलमा हङकङ र फिलिपिन्स भिड्नेछन् । सो खेल असोज शुक्रबार खेलिनेछ ।
यी तीन टिम रहेको समूह एफबाट समूह विजेता एसियन कपका लागि छनौट हुनेछन् । महिला एसियन कप भारतमा हुँदैछ । एसियन कप माघ ६ देखि २३ गतेसम्म आयोजना हुँदैछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया