लखनउमा अखिलेशलाई प्रहरीको अवरोध

भारतको समाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिलेश यादवलाई प्रहरीले अवरोध गरेको छ । लखनउमा सोमबार आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनलाई प्रहरीले अवरोध गरेको हो ।
प्रहरीले यसअघि पनि उनलाई पार्टीले कनौँजमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने बेलामा अवरोध गरेको थियो । उनी किसानहरूले आयोजना गरेको विरोध कार्यक्रममा ऐक्यवध्दता जनाउन जान लागेका थिए । भारतमा कृषिसम्वन्धी नयाँ कानुनहरूप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि किसानहरू आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनप्रति यादवले यसअघि देखि नै समर्थन जनाउँदै आएका छन् ।
पूर्व मुख्यमन्त्री यादवले केन्द्रीय सरकारले जारी गरेको कृषिसम्वन्धी नयाँ कानुन फिर्ता लिनु पर्नेमा जोड दिंदै आएका छन् । “यदी नयाँ कानुनले किसानलाई फाइदा गर्दैन र किसानहरु खुशी छैनन् भने केन्द्रीय सरकारले कानुन किन फिर्ता लिदैन ?” उनले प्रश्न गरे । उनले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले लोकतन्त्रको अन्त्य गर्न र किसानहरुको आवाज दवाउन खोजेको आरोप पनि लगाए ।
“भाजपाले कार्यक्रम आयोजना गर्दा कोरोनाभाइरस नफैलिने अनि किसानहरुले आयोजना गर्दा फैलिने भन्ने हुन्छ र ?” उनको प्रश्न थियो । पूर्व मुख्यमन्त्री यादवले भाजपाका कार्यकर्ताले कार्यक्रम गर्दा कुनै कारबाही तथा अवरोध नहुने र आफ्नो पार्टी र किसानहरुले कार्यक्रम गर्दा भने जेल जानु पर्ने वा अवरोध हुने गरेको भन्दै आपत्ति पनि जनाए । (रासस)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया