निर्मला पन्तका दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन

कैलाली - महिला अधिकारकर्मी सावित्री सुवेदीले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने बताएकी छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि मौन प्रर्दशन गर्दै उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप समेत लगाइन् ।
'निर्मलालाई न्याय दे' ,'मेरो शरीर मेरो अधिकार'का प्ले कार्डसहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रर्दशन गरेकी हुन् । निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप बसेका कारण न्यायको माग गर्दै आफू फेरि धनगढी आएको उनले बताइन्।कंचनपुरकी निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया