आइजीसी बैठकमा ७ एजेन्डामा भयो सहमती (एजेन्डासहित)

काठमाडौं : नेपाल-भारतबीचमा सचिव-सचिवस्तरीय अन्तर- सरकारी समिति (आइजीसी) को बैठकमा ७ एजेन्डामा सहमती भएको छ । व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको यो समितिमा दुवै पक्षले सहमती गरेका हुन् ।
नेपाली टोलीको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल र भारतीय टोलीको नेतृत्व भारतको वाणिज्य मन्त्रालयका सचिव अनुप वाधवनले गरेका थिए ।
बैठकमा नेपाल-भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्ने सहमति बनेको छ। त्यस्तै
बंगलादेशसँगको व्यापारका लागि भारतको एसियन हइवे-२ प्रयोग गर्न पाउने व्यवस्थाका लागि भारतीय पक्ष सम्बन्धित निकायहरुसँग लबिङ गर्ने सहमति पनि भएको छ।
बैठकमा दोधारा- चाँदनी/बनबासामा एकीकृत जाँच चौकी निर्माण र सो स्थानसम्म रेल सेवा विस्तारके प्रस्तावमा भारत सकारात्मक देखिएको छ। त्यस्तै
दोधारा चाँदनी-वनबासा क्षेत्रमा क्रस बोर्डर इकोनोमिक जोन निर्माण सम्भावनाका लागि विस्तृत अवधारणा तयार गरी थप छलफल गर्ने र यसका लागि नेपाल पक्षले अवधारणा पत्र तयार गर्ने सहमति पनि बैठकमा भएको छ ।
दुवै मुलुकको निजी क्षेत्रको प्रतिनिधित्व भएको संयुक्त व्यावसायीक मञ्चको बैठक २०२१ को पहिलो त्रैमास भित्र सम्पन्न गर्ने सहमति बनेको छ । बैठकमा नेपाली जुट उद्योगहरूले भारतको आइएसआइ प्राप्त गरेको कारणले भारतीय खाद्य संस्थान लगायतका सरकारी खरिद प्रकृयामा सहभागि हुन अनुमति दिन सम्बन्धित निकायसँग छलफल गर्ने भारतले आश्वासन दिएको छ ।
विरगञ्ज एकिकृत जाँच चौकी तथा विराटनगर एकिकृत जाँच चौकीहरुमा रेल्वे लाईन विस्तार तथा स्तरोन्नतिका लागि अनुरोध गरेको थियो । यसमा भारतीय पक्षले सम्बन्धित सरोकारवालासँग छलफल अगाडि बढाउने बताएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया