ज्याक ग्रेलिसले असाधारण खेल देखाएः पेप ग्वार्डिओला

काठमाडौँ- ज्याक ग्रेलिस दुई साताअघि मात्र म्यानचेस्टर सिटीसँग आबद्ध भएका हुन् । आइतबार राति ग्रेलिसले सिटीका लागि डेब्यु पनि गरे । तर डेब्यु सुखद हुन सकेन । सिटी टोटनहमसँगको खेलमा १-० ले पराजित भयो ।
खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना नयाँ खेलाडीले डेब्यु सम्झन लायक रहेको प्रतिक्रिया दिए । ‘खेलमा ग्रेलिसले बलियो प्रभाव पारे । उनी खेलमा कति सक्रिय थिए भन्ने कुरा उनीमाथि गरिएका फउलहरूले पनि प्रष्ट पार्छन् । विशेषगरी बक्समा उनको प्रदर्शन बलियो रह्यो । समग्रमा उनको प्रदर्शन तारिफयोग्य थियो । उनको डेब्यु खेल सबैले सम्झिनेछन्,’ ग्वार्डिओलाले भने ।
ग्रेलिसले पूरै ९० मिनेटमा मैदानमा बिताए । उनलाई मिडफिल्डको बाँया भागमा प्रयोग गरिएको थियो । उनले केही राम्रा मुभ सिर्जना गरे पनि टिमका लागि गोल गर्न सकेनन् ।
उनी सिटीको आउँदो खेलमा पनि पहिलो एघारमै पर्ने अनुमान गएिको छ । सिटीले दोस्रो लिग खेलमा नर्विच सिटीको सामना गर्दैछ । नर्विचँगको खेलपछि भने सिटीको भेट आर्सनलसँग हुनेछ । संयोगबस् यी तीनै टिमले लिगको पहिलो साता आ-आफ्ना खेल गुमाए ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया