दाहाललाई संकेत गर्दै भट्टराईको टीप्पणी : माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीसामु लम्पसार

काठमाडौं : पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले माओवादीलाई प्रधानमन्त्री केपी शर्मा ओली सामू लम्पसार परेको आरोपमा परेको टीप्पणी गरेका छन् । उनले ट्वीट गर्दै माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीको चरणमा लम्पसार परेको टीप्पणी गरेका हुन् ।
'ओली उवाच-‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो ! त्यसैले त वालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन् !' उनले ट्वीट गरेका छन् 'तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार !'
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्द अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेपछि नेकपाभित्र तीब्र विवाद छ । सोही विवाद समाधानका लागि ओलीले शनिबार कर्णालीका नेताहरुलाई बालुवाटार बोलाएका थिए । उक्त छलफलमा भने अर्का अध्यक्ष पुष्पकमल दाहाल, जनार्दन शर्मालगायत अनुपस्थित थिए । सोही विषयलाई लिएर भट्टराईले टीप्पणी गरेका हुन् ।

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस् : साउद

प्रतिक्रिया