जातले रोकेको सुरक्षा र बुद्धिको प्रेम (भिडियो)

काठमाडौं : बुद्धि तामाङ र सुरक्षा पन्त अभिनित म्युजिक भिडियो रिलिज भएको छ । उमेश उपमाको स्वर तथा संगीत रहेको ‘मुटु मिची मिची’ बोलको गीतमा बुद्धि र सुरक्षाको मन छुने अभिनय देख्न सकिन्छ । १३ मिनेट लामो गीतमा बुद्धि र सुरक्षाले जात र समाजको घेरा तोड्न नसकेको प्रेमी प्रेमिकाको भूमिका निर्वाह गरेका छन् ।
भिडियोले प्रेमको समयमा गरिने उडन्ते वाचाभन्दा यथार्थ भारी हुन्छ भन्ने सन्देश दिन खोजेको छ । भिडियोको निर्देशन अनमोल गुरुङले गरेका हुन् । उनले अघिल्लो साल ‘आप्पा’नामक फिल्मको पनि निर्देशन गरेका थिए । जोनाह गुरुङले छायांकन गरेको भिडियो कालिम्पोङ वरपर खिचिएको हो । ‘भैरे’ फिल्ममा सँगै काम गरेका बुद्धि र सुरक्षा पहिलो पल्ट भिडियोमा सँगै देखिएका हुन् ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया