सिध्दबाबाले जिल्ला अदालतबाट सफाइ पाए
सरकारी वकिलको बहसबिनै न्यायाधीशले सुनाए फैसला

विराटनगर : बलात्कारसम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिध्दबाबा उपनामले चिनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् ।
सोमबार अर्जुनप्रसाद कोइरालाको एकल इजलासले गिरीमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
उनीमाथि लगाइएको अभियोगमा दाबी नपुगेकाले सफाइ दिने फैसला भएको श्रेष्तेदार पोखरेलले बताए । सरकारी वकिलले पेसी सार्न दिएको निवेदनको बेवास्ता गर्दै न्यायाधीश कोइरालाले गिरीको पक्षमा फैसला गरिदिएका हुन् । सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनपुगेको तथा यसअघि गिरीको मुद्दा हेरिरहेका सरकारी वकिल सरुवा भएकाले पेसी सार्न माग गरेको थियो ।
तर न्यायाधीश कोइरालाले पेसी नसर्ने भन्दै सुनुवाइ अघि बढाएका थिए । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलका तर्फबाट बहस नै भएको थिएन । एक अनुयायीले आफूलाई गिरीले बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया