एमसीसीप्रति उग्र टिप्पणी नगराैँ - दाहाल

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)प्रति उग्र टिप्पणी नगर्न आग्रह गरेका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा देशैभरबाट सहभागीमध्ये अधिकांश केन्द्रीय सदस्यहरूले एमसीसीबारे पार्टीको धारणाबारे स्पष्ट पार्न अध्यक्षसमक्ष माग राखेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
‘एमसीसीप्रति पार्टीको धारणामा केही परिवर्तन आएको छैन । हिजो हामी जुन रूपमा एमसीसीलाई हेर्थ्यौं आज पनि पार्टीको धारणा त्यही हो,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘विदेशी सहयोगबाट देशमा विकास निर्माण हुन्छ भने त्यस्तो सहयोग हामीले लिनुपर्छ । यसमा त्यस्तो कुनै अफ्ट्यारो छैन । यसप्रति कुनै प्रकारको उग्र टिप्पणी नगर्न म तपाईंहरूलाई आग्रह गर्दछु ।’ अध्यक्ष दाहालले एमसीसी सम्झौतालाई सत्तारुढ गठबन्धनभित्र खेल्ने हतियारका रूपमा प्रयोग गर्न खोजिएको आरोप पनि लगाएका छन् ।
पार्टीका शीर्ष नेतृत्वबीच नै एमसीसीबारे अलग–अलग धारणा देखिँदा यसले तल्लो कमिटीहरूमा राम्रो सन्देश नजाने भन्दै यसप्रति पार्टीको समान धारणा बनाउन केन्द्रीय सदस्यहरूले अध्यक्षसमक्ष आग्रह गरेका हुन् ।

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : विदेशमा आँसु, रगत र पसिना बगाउने श्रम…

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौड…

प्रतिक्रिया