पाँचथरमा थपिएको निषेधाज्ञा खुकुलो
पाँचथर - कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँचथरमा जारी निषेधाज्ञा १३ औँ पटक थप भएको छ । साउन ३२ गते मध्यरातबाट लागू हुने निषेधाज्ञा भने निकै खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट जारी निषेधाज्ञाअनुसार अब बजार–पसल बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुरेण्ट स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।
यद्यपि मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ । सङ्क्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय भने खोल्न रोक लगाइएको छ ।
सवारीका साधन सञ्चालनमा लगाइएको जोरविजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिनेछ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश यही साउन ३२ गते मध्यरातबाट अआउँदो भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो ।
पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ सङ्क्रमण घटेको तथ्याङ्कमा देखिएपनि सङ्क्रमणको खतरा भने उत्तिकै छ । जनस्तरमा निषेधाज्ञालाई कडाइ गर्न वा क्रमशः हटाउँदै लैजान आवाज उठ्दै आएको थियो । हुन त पाँचथरमा अहिले ६०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन् । हालसम्म जिल्लामा तीन हजार ६९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार ४२ जना सङ्क्रमणमुक्त भएका छन् ।
कोभिड–१९ सङ्क्रमणका कारण हालसम्म जिल्ला भित्रका १८ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरका गरी ५० जनाको मृत्यु भएको छ । अहिलेका अधिकांश सङ्क्रमित सदरमुकाम बाहिरका छन् । सङ्क्रमणको दर भने केही घट्दै गएको छ । जिल्लामा २९ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ । रासस

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_cN4NbDBDsj_5hjj3ghewdbvd9sbjjt7osc57ej4iwc0g9byxftob69pxmctgcy61abhdxaj.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_6dm3zfkYHc_30v3hru7st1vji1m0wppnutswjbnuw7wuo73g4uo5xykhwjm3ilt4xqllvqk.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया