प्लास्टिकको झोला बाेक्न प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश
काठमाडौँ – सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न आदेश दिएको हो । १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै १ साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला पूर्ण रुपमा प्रतिबन्ध लगाउने भनिएको र पटकपटक आदेशसमेत भएको भन्दै अदालतले प्रभावकारी कार्यान्वयनका लागि १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन भनेको छ ।
सर्वोच्चको यो आदेशसँगै २० भदौदेखि देशभर ४० माइक्रोनभन्दा पातलो पोलिथिनको झोला प्रयोग गर्न नपाइने भएको छ । ‘यो आदेश भएको मितिले २१ औं दिनबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने,’ सर्वोच्चले भनेको छ । अदालतले मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महिनामा रिपोर्ट पेश गर्नसमेत आदेशमा भनेको छ ।

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

प्रतिक्रिया