कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १६०० नाघ्यो

काठमाडौँ : नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ । सोमबार २० जनाको मृत्यु भएपछि त्यति संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार ६ सय १४ जनाको कोभिडका कारण ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रमममा थप १ हजार १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
त्यस्तै सोमबार १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ४३३ जना संक्रमणमुक्त्त भएका छन् ।
हाल आइसोलेसनमा १२ हजार ९ सय ४८ जना छन् भने ५ सय २७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया