प्रहरी पेट्रोल पम्पमा एक करोडको तेल घोटाला

काठमाडौँ – प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालको पेट्रोल पम्पबाट प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले ठूलो रकम हिनामिना गरेको खुलेको छ । उनले फर्जी विवरण बनाएर एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
ग्राहक नम्बर एम०१९ को खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरेको आरोप छ । उनले हुँदै नभएको कारोबारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको उल्लेख छ । आयोगले काठमाडौँ विशेष अदालतमा कार्कीविरुद्ध आरोप-पत्र दायर गरेको हो ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया