पाकिस्तानले बन्द गर्यो अफगानिस्तानसँगको सीमा

काठमाडौँ- पाकिस्तानले अफगानिस्तानसँगको टोरखाम सीमा बिन्दु बन्द गरेको छ । अफगानिस्तानतर्फको भागमा तालिबानले कब्जा जमाएपछि पाकिस्तानले टोरखाम सीमा बिन्दु बन्द गरेको हो । पाकिस्तानी गृहमन्त्री शेख रहिसद अहमदले पकिस्तानी टेलिभिजन च्यानल जियोसँग कुरा गर्दै सीमा बन्दको पुष्टि गरेका हुन् । टोरखाम पाकिस्तानको खाइबर पख्तुनख्वा प्रान्तमा पर्ने सहर हो । जुन अफगानिस्तानको नानगरहर प्रान्तसँग जोडिएको छ ।
अफगानिस्तानतर्फ रहेका स्थानीय प्रहरीले तालिबानसमक्ष आत्मसमपर्ण गरेपछि पाकिस्तानले आफ्नोतर्फको सीमा बन्द गरेको बताइएको छ । टोरखाम सीमा बिन्दु बन्द गरिए चमान सीमा भने बन्द गरिएको छैन । चमान दुई मुलुकबीचको सबैभन्दा व्यस्त सीमा बिन्दु हो ।
पाकिस्तान र अफगानिस्तानबीच कुल पाँच सीमा बिन्दु व्यापार तथा मानिसको आवतजावतका लागि खुल्ला राखिने गरिएको छ । यीमध्ये चमान बाहेक अधिकांश सीमा बिन्दु बन्द गरिएको बताइएको छ । अफगानिस्तानमा हिंसा बढ्दै जाने भएपछि पाकिस्तानले थप अफगानी शरणार्थीहरुलाई शरण दिनुपर्ने अवस्था आउन लागेको छ । पाकिस्तानमा पहिलेबाटै लाखौँ अफगानी शरणार्थीहरु बसोबास गरिरहेका छन् ।
अफगानिस्तानसँगको सीमामा सुरक्षा कडाइ गर्न पाकिस्तानले तारबेरा लगाइरहेको छ । दुई मुलुकबीचको सीमा २६ सय ११ किलोमिटर छ । पाकिस्तानले करिब ९० प्रतिशत सीमानामा तारबेरा लगाइसकेको छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया