सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

एमालेद्वारा गोर्खा सैनिकका समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकका समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आफ्नो पार्टीको सरकार हुँदा औपचारिक रूपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धिको पुनरावलोकन गर्ने प्रस्ताव राखेको र गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको स्मरण गर्दै समानताको सिद्धान्तलाई आधार मानेर समस्या समाधानका पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आइतबार विज्ञप्‍ति जारी गर्दै एमालेले बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरूले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय रहेको जनाएको छ ।