काबुलको ढोकैमा तालिबान

काठमाडौँ: तालिबान अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकी समाचार एजेन्सी एपीले तीन अफगानी सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, तालिबानी लडाकूहरू काबुलसँग जोडिएका तीन जिल्लामा प्रवेश गरेका छन् । ती जिल्लाहरु कालाकान, कराबाग र पाघमान रहेको बताइएको छ ।
तालिबान काबुलको नजिक पुगेको दाबीमा अफगानी सरकारले केही प्रतिक्रिया दिएको छैन । न त तालिबानले औपचारिक रुपमा केही बाेलेको छ । दुई पक्षबीच काबुलको बाहिरी भागहरूमा भिडन्त भने भएको छैन ।
तालिबानले आइतबार मात्रै काबुलबाट नजिकै रहेको जलालाबाद सहर कब्जा गरेको थियो । जलालाबादमा पनि तालिबान पुगेपछि अब अफगानिस्तान सरकारको नियन्त्रणमा काबुल र पाँच प्रान्तीय राजधानी मात्र छन् । अफगानिस्तानमा कुल ३४ प्रान्त छन् । एक साता भित्रै तालिबानले अधिकांश प्रान्तीय राजधानीहरूलाई कब्जामा लिएको हो ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया