दुबईले दियो नेपाल वायुसेवालाई उडान अनुमति

काठमाडौँ- दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा नेपाल वायुसेवा निगमलाई उडान भर्न अनुमति दिएको छ ।निगम स्रोतका अनुसार दुबई प्राधिकरणले हिजो राति पौने १२ बजे निगमलाई नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिएको हो । अब निगमले सोमबार र बुधबार गरी साताको दुईवटा उडान भर्न पाउने भएको छ ।
यसअघि निगमका यात्रुलाई पीसीआर परीक्षण गरे पनि दुबई प्राधिकरणले मान्यता दिएको थिएन । गत साउन २५ गते राति बोर्डिङ गर्न लागेको बेला दुबईले यात्रु लिएर आउन निगमको जहाजलाई रोक लगाएको थियो । दुबईले काठमाडौं मेडिकल कलेजबाट गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको थिएन ।
दुबईले रोक लगाउँदा निगमका ६० यात्रु अलपत्र परेका थिएन । निगमको न्यारोबडी जहाज (एकेएक्स, उडान नम्बर आर ए २९९) लाई उडाएर क्याप्टेन सञ्जय वैद्य रित्तै गए र आज बिहान एक सय ४० यात्रु लिएर फर्केका थिए ।
तर निजी क्षेत्रको हिमालयन एयरलाइन्सलाई भने सोही कलेजले विमानस्थलमै स्थापना गरेको ‘हेल्थ डेस्क’ बाट गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको थियो ।
निगम स्रोतका अनुसार सोमबार राति साढे एघार बजे र बुधबार सोही समयमा साताको दुईपटक निगमले दुबईका लागि उडान भर्ने तयारी गरेको छ ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया