माओवादी केन्द्रीय समिति बैठक आजै सक्ने तयारी

काठमाडौँ - नेकपा माओवादी केन्द्रले आज नै केन्द्रीय समितिको बैठक सक्ने तयारी गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा आइतबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले सकभर आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने समझदारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले केन्द्रीय समितिका समूहगत छलफलको सुझाव प्रस्तुत हुने, प्रतिवेदन पारित हुने र प्रचण्डको सम्बोधनपछि आवश्यक निर्णय गरेर बैठक सम्पन्न गर्ने तयारी भएको जानकारी दिए ।
शनिबारबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन र विधान तथा संगठन कार्यदलले पेश गरेका दुई प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया