हाइटीमा एक महिने राष्ट्रिय आपतकाल घोषणा

काठमाडौँ - हाइटीमा गएको शक्तिशाली भूकम्पमा तीन सय बढीको ज्यान गएको छ । हालसम्म ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ भने १८ सयभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
स्थानीयसमयअनुसार शनिबार बिहान हाइटीको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण सर्वसाधारणका घरसहित व्यापारिक भवन, चर्च तथा होटलहरू भत्किएको समाचारमा उल्लेख छ। हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको बताउँदै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।
हाइटीमा सन २०१० मा पनि शक्तिशाली भूकम्प गएको थियो । जसमा लाखौँले ज्यान गुमाएका थिए । २०१० को भूकम्पले क्षति पुर्याएको हाइटीमा पुनर्निमार्णको कामसमेत पूरा नहुँदै पुन: शक्तिशाली भूकम्प गएको हो ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया