पाकिस्तानले मनायो स्वतन्त्रता दिवस, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
काठमाडौँ - पाकिस्तानले आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतबाट स्वतन्त्र भएको अवसरमा हरेक वर्ष अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाउने गरेको छ । दिवसको अवसरमा काठमाडौँमा रहेको पाकिस्तानी दुतावासले पनि झण्डा फहराएर स्वतन्त्रता दिवस मनाएको छ । तत्कालिन ब्रिटिश साम्राज्य र भारतबाट पाकिस्तान स्वतन्त्र भएको दिनलाई उसले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई शनिबार बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन् ।
सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध भविष्यमा थप विकसित हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया