आन्तरिक पर्यटकले भरिभराउ बुडर झरना

कैलाली- डोटीको जोरायल गाउँपालिका-२ छतिवनमा रहेको झरना हेर्न दैनिक सयौँ आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् भने विदाको दिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । प्रदेशको अस्थायी मुकाम धनगढीलगायतका क्षेत्रबाट सयौँको संख्यामा स्थानीयहरू उक्त झरना हेर्न आउने गरेको जोरायल गाउँपालिका-२ छतिवनका रामहरी जोशीले बताए ।
उनले डोटी, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत पर्यटकहरू झरना हेर्न आउने गरेको बताए । ‘विदाको दिनमा त झन सयौँको संख्यामा झरना हेर्न पर्यटकहरू आउने गर्दछन्’, जोशीले भने ।
त्यस्तै धनगढी उपमहानगरपालिका २ बाट स-परिवार झरना हेर्न आएका राम भट्टले बाटो केही असहज भएपनि यहाँ पुगेपछि सबै बिर्सेको बताए । उनले स्थानीय पालिकाले बाटोघाटो र सरसफाइमा ध्यान दिए पर्यटकको घुइँचो नै लाग्ने बताए ।
त्यस्तै कैलालीकै टिकापुरदेखि मोटरसाइकलमा साथीहरूसँगै आएका निमेश साउँदले झरनाको बारेमा सुनेकाले साथीहरू मिलेर आएको बताए । उनले तराइको गर्मी छल्न र रमाइलो गर्न यहाँ आएको बताए । अवस्थिले जस्तै साउदले पनि झरना वरपर सरसफाइ र बाटो निर्माणमा ध्यान दिनुपर्ने बताए ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले झरनालाई व्यवस्थित बनाउनका लागि गाउँपालिका लागि परेको बताए । उनले करिब १७ करोडको डिपिआर तयार भइसकेको बताउँदै यहि आर्थिक वर्षदेखि झरनासम्म पुग्ने बाटो, पिकनिक स्पट, पार्किङस्थल लगायत कामहरूको निर्माण थालिने बताए ।
धनगढीदेखि भिमदत्त राजमार्ग हुँदै बुडरसम्म र त्यहाँबाट बुडर-जोरायल सडक हुँदै झरना पुग्न ९६ किलोमीटर यात्रा गर्नुपर्ने हुन्छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया