रोडिजको चौथो संस्करण सुरु, अडिसन डिजिटल हुने

काठमाडौं : हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको रियालिटी सो 'हिमालय रोडिज'को चौथो संस्करणको औपचारिक घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजक प्रायोजकसँग सम्झौता पत्रमा हस्ताक्षरसँगै सिजन ४ को प्रोमो पनि सार्वजनिक गरियो । टाइटल स्पोन्सरमा यामाहाले निरन्तरता दिएको छ । यो सिजनको थिम 'सिजन अफ सर्भाइभल' राखिएको छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण निर्धारित मितिभन्दा केहि ढिला सुरु हुन लागेको यो 'रियालिटी सो'को निर्देशकमा यसअघि फिल्ममा एक्सन कट गरिसकेका निर्देशक सिमोश सुनुवार आएका छन् । यसअघिका तीन सिजन अमनप्रताप अधिकारीले निर्देशन गरेका थिए ।
कार्यक्रममा बोल्दै सुनुवारले आफ्नो निर्देशनमा फ्रेञ्चाइजको फर्म्याटअनुसार सिधा परिवर्तन ल्याउन नमिलेपनि दर्शकलाई आफ्नो मेहनतमा केहि फरक स्वाद दिलाउने बताए । नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित रहने उनको भनाइ छ ।
शुक्रबारबाटै डिजिटल अडिसन पनि सुरु भएको जानकारी गराइएको छ । कोरोना कहरपछि सुरक्षा मापदण्डको कारण भौतिक उपस्थितिमा अडिसन सञ्चालन गर्ने वातावरण नभएकोले आयोजक हिमालय टेलिभिजनले पहिलोपटक रोडिजमा डिजिटल अडिसनको सुरुवात गरेको हो ।
रोडिज सिजन ४ मा सहभागि जनाउन चाहनेहरुले एन्ड्रोइड मोबाइलमा रहेको 'हिमालय रोडिज' एप्लिकेसन डाउनलोड गरि भिडियो क्लिप पठाउनुपर्नेछ या रोडिजको आधिकारिक फेसबुक पेजबाट पनि सिधै भिडियो पठाएर सहभागिता जनाउन सक्नेछन् । 'यो वर्ष कोरोना महामारीबाट बच्दै आफ्नो दैनिकीलाई अघि बढाउनुपर्ने छ, परिस्थितिबस डिजिटल माध्यमबाटै सहभागीहरुलाई जोड्ने ध्येयले डिजिटल अडिसनलाई अंगालेका हौँ', टेलिभिजनका कार्यकारी निर्देशन श्याम कंडेलले बताए ।
रोडिजमा ग्याङ्ग लिडरको रुपमा अभिनेता अनुपबिक्रम शाही, दिया मास्के, आशिष राना 'लाहुरे', पहिलो संस्करण विजेता समन रहेका छन् भने रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् । भायकम १८ को लाइसेन्स मातहत यो कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ ।
चौथो सिजनमा डिजिटल अडिसनको समय २ सातालाई तोकिएको छ । अडिसन सकिएपछि निर्माण टिमले प्रारम्भिक छनोटबाट फिजिकल अडिसनको लागि बोलाउनेछ । कार्यक्रम आगामी असोज पहिलो साताबाट हरेक सोमबार साँझ ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया