डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

काठमाडौं : स्त्री रोग विशेषज्ञ डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । शर्माले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवको रुपमा काम गरेकी थिइन् । पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ ।
डा. सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले शर्माको पुस्तक आउँदो पुस्ताका लागि पनि उपयोगी रहने बताए । ‘यो पुस्तकमा शर्माले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ । यसले आउने पुस्तालाई सिक्ने मौका दिन्छ ।’
पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ । बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको पुस्तक पितृसत्ताको तस्बिर देखाउने ऐना भएको सम्पादक भूषिता वशिष्ठले बताएकी छिन् ।
‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक वशिष्ठ भन्छिन्स ’यस पुस्तकले नेपालमा पहिचान र लिंगमाथि चल्ने छलफलबीच अर्थपूर्ण आयाम थप्नेछ ।’ यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृंखला (२०२०) अन्तर्गतको अन्तिम प्रकाशन हो । यस अघि दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ र भुवन ढुंगानाको ‘परित्यक्ता’ सार्वजनिक भइसकेका छन् ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया