पाँच किलो यार्सागुम्बासहित विमानस्थलबाट नुर्वु तामाङ पक्राउ

हुम्ला - हुम्ला प्रहरीले सिमकोट विमानस्थलबाट पाँच किलाे यार्सागुम्बा बरामद गरेको छ । शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएकाे हाे ।
विमानस्थलमा प्रहरीले नियमित जाँच गर्ने क्रममा बिनापुर्जीको पाँच किलाे यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माले जानकारी दिए । ३१ वर्षीय नुर्वु तामाङले बिनापुर्जी ल्याउँदै गरेको यार्सागुम्बा बरामद गरिएको उनले बताए ।
‘डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भए पनि तामाङले मापदण्ड मिचेर यार्सागुम्बा ल्याएपछि उक्त सामान बरामद गरिएको हो,’ उनले भने । राजश्व तिरेको पुर्जीभन्दा बढी यार्सागुम्बा ल्याएको हुनाले यार्सासहित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया