जुम्लाको ताम्ती गाउँमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
जुम्ला - जुम्लामा पहिरोमा पुरिएका तीन जना मृत्यु भएको छ । तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा परेर मृत्यु भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।
उनका अनुसार पाटनबाट घर फर्कदै गरेका एक महिलासहित दुई पुरुषको पहिरोमा पुरिएर मृत्यु भएको हो । फोन सम्पर्क हुन नसकेकाले मृत्तकको सनाखत हुन नसकेको उनले बताए ।
स्थानीय वडाध्यक्षको टोली घटनास्थलतर्फ गइरहेको उनले बताए । जडीबुटिका लागि पाटन गएका उनीहरु फर्किने क्रममा पहिरोमा पुरिएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया