प्रहरी निरीक्षक वाग्लेको मृत्युबारे अनुसन्धान गर्न गृहले बनायो छानबिन समिति

काठमााडौँ - सरकारले प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु प्रकरणमा अनुसन्धान गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव सुनिल खनालको नेतृत्वमा छानबिन समिति गठन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
छनबिन समितिको सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी सदस्य छन् । शुक्रबार बसेको गृहमन्त्रीस्तरीय बैठकले समिति गठन गर्दै घटनाको स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ ।
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक वाग्लेको शंकास्पद रूपमा निधन भएपछि मन्त्रीस्तरीय बैठब बसेर सरकारले समिति गठन गरेको मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २५ साउनमा बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय, बर्दघाट अगाडी पूर्व–पश्चिम राजमार्गमा लु. १४ प ८७५८ नम्बरको मोटरसाइकलको ठक्करबाट
निरीक्षक वाग्ले गम्भिर घाइते भएका थिए ।
घाइते वाग्लेलाई उपचारका लागि चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा समान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रुपन्देही भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निरीक्षक वाग्लेलाई निलम्बन गरेको भोलिपल्टै उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि उक्त घटनाको सत्यतथ्य छानबिन गर्न शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूलेसमेत माग गरेका छन् ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया