सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौँ - सामाजिक सेवामा क्रियाशील 'वि विल राइज फाउन्डेसन'ले नेपाल सरकारलाई सहयोगस्वरूप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रूपैयाँ बराबरको उक्त सामग्री प्रदान गरिएको हो ।

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र सञ्चालन निर्देशक अनुपकुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को महामारीमा रहेका नेपाली जनताको उपचारमा सहयोगका लागि ती सामग्री प्रदान गरिएको फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए । ‘ज्यान जहाँ रहे पनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कोभिड संक्रमित कोही पनि नेपालीले अक्सिजन अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौं ।’

उनले हङकङबासी नेपालीहरूले नेपालमा भइपरी आउने प्रत्येक विपद्मा सहयोग गरिरहेको स्मरण गर्दै यो सहयोगमा समन्वय गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति आभार व्यक्त गरे ।