मेलम्ची बाढी प्रभावितको खातामा राहत रकम

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिकाले राहत स्वरुप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको छ । नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए ।
मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, लक्ष्मी, सिन्धु विकास बैंकका साथै अन्य बैंकमा प्रभावितको रकम जम्मा गरिदिएको मेलम्ची नगरपालिकाले जानाएको छ । नगरपालिकाभित्रका प्रभावित वडाबाट प्राप्त विवरणको आधारमा रकम जम्मा गरिएको लेखा अधिकृत पुडासैनीले बताए ।
उनले केही प्रभावितको खातामा रकम जम्मा गर्न अझै बाँकी रहेकाले छिट्टै नगरपालिकालाई उपलब्ध गराएको खातामा रकम जम्मा गरिदिने जानकारी दिए । केही पीडितको गुनासो तथा छुटपुट भएको खण्डमा प्रभावितलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र गराउन आग्रह गरिएको छ । रासस

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया