काठमाडौँ महानगरद्वारा सामुदायिक स्वास्थ्य परिषद्लाई ६ लाख रूपैयाँ सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई ६ लाख रूपैयाँ हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमबीच महानगरका प्रमुख विद्यासुन्दर शाक्यले परिषद्लाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उनले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई महानगरले प्राथमिकतामा राखेर अघि बढेको बताए ।
‘महानगरबासीले मात्रै होइन सिंगो देशबासीले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने हेतुले महानगरपालिका क्षेत्रभित्रका सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेका हौं,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले राम्रो काम गर्नेहरूसँग सहकार्य गर्ने नीतिअनुसार कोभिडका बेला विभिन्न अस्पताललाई ४५ वटा भेन्टिलेटर हस्तान्तरण गरेका थियौं । दुई वटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ ।’
उनले समता अस्पतालसँग सहकार्य गर्ने गरी सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्ने गरी अघि बढेको जानकारी दिए । ‘कोभिडका बेला नरदेवी अस्पताल, निः शुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रूपमा सञ्चालन गर्यौं । राधास्वामीमा काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोग र व्यवस्थापनमा अक्सिजन थेरापीसहितको आइसोलेशन सञ्चालन गर्यौं,’ उनले भने, ‘‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका नाम चलेका सम्पूर्ण सरकारी अस्पतालसँग हामी सहकार्य गरिरहेका छौं । हामीले टिचिङ स्पताललाई साढे सात करोड आर्थिक सहयोग गर्ने सम्झौता गरी प्रक्रिया अघि बढाएका छौं । वीर अस्पताललाई पनि हामीले भेन्टिलेटरसहिको सेवामा सहयोग गरेका छौं ।’
शाक्यले गंगालल अस्पताललाई अक्सिजन प्लान्ट राख्न सहयोग गरेको पनि स्मरण गराउँदै टेकु, सिभिललगायतका अस्पतालाई सहयोग गरेको बताए । कार्यक्रममा परिषद्का सचिव प्रकाशकुमार श्रेष्ठले महानगरपालिकाले जग्गा प्राप्तिको अवस्थादेखि नै सहयोग गर्दै आएको भन्दै महानगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया